जनकपुरमा यातायात कार्यालय कर्मचारीमाथि कारबाही भएन 

मन्त्रालयद्धारा कारबाहीकाे पत्र



कृष्ण परियार, अर्घाखाँची  । 

यातायात कार्यालय जनकपुरका दुई जना कर्मचारीमाथि कारबाही गर्न भौतिक मन्त्रालयले पत्र पठाए पनि अहिले सम्म कारबाही हुन सकेको छैन् ।

मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलीप साहलाई कारबाही गर्न यातायात व्यवस्था कार्यालयलाई पत्र काटेको १५ दिन विति सक्दा पनि कारबाही नभएको हो ।  गत असोज १९ गते मंगलबार साँझ उनीहरु दुबैजनाको आइडीबाट केही व्यक्तिहरुको अनलाइन फाराम अडिट भएकोले उनीहरु दुवै जनालाई आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक कुमार दासले जानकारी दिए ।

उनीहरु दुवैजना MOD नामको सफ्टवेयर कम्पनी संग २०६८ मा यातायात व्यवस्था बिभागसंग सहकार्य गरि  नेपालको सबै यातायात व्यवस्था कार्यालयमा DLRS(driving license registration लागू गर्दा राखिएका करार कर्मचारी हुन । २०७४ श्रावन ९ गते देखि EDLRS नामको सफ्टवेयर जस्लाई smart license भनिन्छ) लागू भएपछी MOD संस्था संग भएको समझौता भंग भएको थियो । सम्झौता  भंग भएपनी MOD ले खटाएको स्टाफ हाल सम्मपनि कार्यालय प्रमुखको  मिलेमतोमा स्थायी कर्मचारी भन्दा बढी जिम्मेवारीका साथ काम गर्दै आई रहेका छन्  । करारका कर्मचारी भएकोले  मन्त्रालयले कारबाही गर्न नमिल्ने जनाउँदै

यातायात कार्यालयलाई कारबाही गरेर जानकारी पठाउन भनिएको सचिव दासले बताए । भीष्म नारायण साह र दिलिप साहको आइडीबाट केही व्यक्तिहरुको फाराम अडिट गरिएको कुरा यातायात व्यवस्था विभागमार्फत नै आफूहरुलाई जानकारी भएको उनले बताए । मन्त्रालयले कारबाहीको लागि पत्र पठाए पनि कार्यालय निमित्त प्रमुख बीरेन्द्र साहले भने आलटाल गर्दै आएका छन् ।यातायात कार्यालय जनकपुर बिगत एक बर्ष देखि निमित्त प्रमुखकै भरमा चल्दै आएको छ। कर्मचारी र केहि दलालको मिलेमतोमा   सेवाग्राही संग मोटो रकम असुल गरि काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्