प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टको बैठकमा न्यायाधीशहरु नजाने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठकमा अरु न्यायाधीशहरू सहभागी नहुने भएका छन् । सोमबारका लागि राणाले फुलकोर्ट बैठक बोलाएका थिए ।

फुलकोर्टको बैठक बोलाइएपछि राणाबाहेकका सर्वोच्चका न्यायाधीशहरुको बैठक बसेको छ । सो बैठकले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

सोमबारदेखि प्रधानन्यायाधीश राणाले तोकेको पेशीमा के गर्ने भन्ने विषयमा छलफल भएको छ । न्यायाधीशरुले राणापछिका दोस्रो वरीयतामा रहेका वरिष्ठतम न्यायाधीश दीपक कार्कीसँग सल्लाहा अगाडि बढ्ने निष्कर्षसमेत निकालेका छन् । सोमबारदेखि वरिष्ठतम न्यायाधीश कार्कीको च्याम्बरमा बस्ने निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्