सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते


सल्यान ।

सल्यानमाजिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिकानिवासी १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको जिल्लाप्रहरी कार्यलय सल्यानले जनाएको छ ।

आइतबार विहानकरिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीपकपुरकोट ३ स्थित मुलपानीबनस्पतिउद्याननजिकै दुर्घटनामा परेको जिल्लाप्रहरी कार्यालय सल्यानकासुचनाअधिकारीअर्जुन पौडेलले जानकारी दिनु भयो ।
दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमाभइ रहेको छ ।

घाइतेहरुमाबागचौर नगरपालिका वडा न १ कानिवासीअन्दाजी १४ वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज वस्नेत, बानपा २ काअन्दाजी २७वर्षिय सितावली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालकबानपा २ का १९ वर्षिय हिक्मतपुन मगर रहेको प्रहरीले जनाएको छ । बबिताको अवस्थागम्भीर भए पछि थपउपचारकालागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बानपा २ कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।उनको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटर भन्दातलखोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।घटना बारे थप अनुसन्धानभइ रहेको प्रहरीले जनाएको छ ।