काठमाडौंमा थप १९५ जनामा कोरोना संक्रमण पुष्टि

854
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन्। यससँगै आज उपत्यकामा २५३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ८४२६ जनाको कोरोना परीक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ।