थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

2.54k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ८४२६ जनाको कोरोना परीक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ।