प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठकले देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिने बताइएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकमा देशभरको बाढीपहिरोको अवस्थासहित अन्य दैनिक प्रशासनिक कार्य सम्पादनका विषयमा पनि निर्णय हुने बताइएको छ ।