नेकपा एसका केन्द्रीय सदस्य र सल्लाहकार सदस्य एमालेमा प्रवेश


न्युज अफ नेपाल, ललितपुर ।

नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी(एस)मा प्रवेश गरेका ललितपुरका दुई नेता पुन एमालेमै फर्किएका छन् । नेकपा एसका केन्द्रीय सदस्य एवं ललितपुर महानगर इन्चार्ज प्रेम महर्जन र केन्द्रीय सल्लाहकार सदस्य मिठाराम केसी एमालेमै फर्कनुभएको हो ।

नेकपा एमाले ललितपुर जिल्ला पार्टी सचिव पुरुषोत्तम आचार्यले दुवै नेता एमालेमा प्रवेश गर्नुभएको न्युज अफ नेपाललाई जानकारी दिनुभयो । उहाका अनुसार दुबै नेताले आज वागमती प्रदेश कमिटीको सदस्यको रुपमा सपथ लिने कार्यक्रम रहेको छ ।

आज वागमती प्रदेश कमिटीका सदस्यको सपथ ग्रहण कार्यक्रम रहेको छ । महर्जन ज्यापु समाजको पुर्व अध्यक्ष हुनुहुन्छ ।