काठमाडौंमा २७४ जना कोरोना संक्रमित थपिए


न्युज अफ नेपाल ,काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०३, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५९१ जना संक्रमित थपिएका छन् भने ९ जनाले ज्यान गुमाएका छन्। सोमबार ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्।