बिमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु: मन्त्री आले


विमल विष्ट, काडमाडौँ ।

संस्कृति, नागरिकउड्यन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएका कमिकम्जोरीलाई अन्त्य गर्ने बताउनु भएको छ । आज सोमबार एका एक अन्तराष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनु भएका मन्त्री आलेले बिमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बिस्वास दिलाउनुभयो ।

अनुगमनका क्रममा बिमानस्थलमा टयाक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत महङ्गो लिने गरेका, कर्मचारीहरुले पनि आफ्नो जिम्मेवारी पूर्ण रुपमा पालना नगरेको पाइएकाले ती कमिकम्जोरीलाई अन्त गर्नुे दाबी गर्नु भयो ।यसैगरी मन्त्री आलेले हिजो आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छोडेकाले सो विषयमा नेपाल वायु सेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ति गर्नेलाई कारवाहि गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस भन्ने मेरो चाहना हो ।” आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज सोमबार गन्तब्यमा पु-याइएको छ । मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविस्यमै ई–टिकेट सुचारु हुने बिस्वास दिलाउनुभयो ।
अनुगमनकै क्रममा मन्त्री आलेले आफु पदमा रहुन्जेल सम्म नेपाल वायुसेवा निगमलाई माथी उठाउमै लाग्ने बताउनुभयो ।

अबका दिनमा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले कुनै पनि समस्या नपाउन भन्नका लागि मन्त्री आलेले कर्मचारीलाई निर्देशन समेत दिनु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साघुरो तथा असहज भएकाले यहाँका जहाँजहरु धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, बिराटनगर लगाएका बिमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जहाज पार्किङका लागि समस्या भएको छ, जहाँजहरु बिहानको समयमा अन्य ठाउँबाट पनि उडान गर्न सक्ने गरी पहल भइरहेको छ ।” नपाल वायुसेवा निगमका कर्मचारीले यात्रुहरुसँग रुखो व्यवहार गर्ने गर्ने यात्रुहरुले मन्त्री आले समक्ष गुनासो गरेका थिए ।