न्युज अफ नेपाल ,रूपन्देही ।
गृहमन्त्री बालकृष्ण खाँण आज गृहजिल्ला रुपन्देही जाँदै छन । उनले गृहमन्त्रालय सम्हालेको पाँच महिनापछि गृहजिल्ला जान लागेका हुन् ।
जिल्लामा भएका बाढीपहिरो, डुबान, मोतिपुर काण्डलगायतका घटनामा चासो नदिएको भन्दै उनकै पार्टीमा आलोचना भएपछि आज रुपन्देही जान लागेका हुन ।
साथै कांग्रेस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आउन लागेको कांग्रेस रूपन्देहीले जनाएको छ । यही समय पारेर नेपाली कांग्रेस रुपन्देहीले उनको बधाई तथा सम्मान कार्यक्रम राखेको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिएका छन् ।











प्रतिक्रिया