गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प


न्युज अफ नेपाल, काठमाडौं ।

गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मान्बु केन्द्र भएर आइतबार बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार आज बिहान ४ बजेर ९ मिनेटमा भूकम्प गएको हो । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो । हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्‍त भएको छैन ।