श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ


कृष्ण परियार, अर्घाखाँची ।

श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा अर्घाखाँचीमा एक जना पक्राउ परेका छन् । जिल्लाको छत्रदेव गाउपालिका वढा नम्बर ८ बाट श्रीमतीको हत्या आरोपमा लाल बहादुर कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गुल्मीको ईस्मा गाउपालिका वडा नं २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउपालिका वडा नं ८ मा घर भाडा गरी बस्ने बर्ष ४३ को लाल बहादुर कुमालले आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेको सुचना अधिकारी सुजन शाहाले जानकारी दिए ।

स्थानियको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा गएको प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।