डोलेश्वरको दर्शन गर्दै विवाह बन्धनमा बाँधिए मनोज



कप्रिय हास्यव्यंग्यकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। गजुरेलले सोमबार ‘आफन्त, साथी तथा शुभचिन्तकहरूमा सुखद् जानकारी’ भन्दै फेसबुकमा दुलहीसहितको तस्वीर राखेर स्ट्याटस लेख्दै नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको जानकारी गराएका हुन्।

फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले भनेका छन – ‘जीवन सधै सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन चार वर्षपहिले कानुनीरूपमा टुंगिएको विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी जगजाहेर छ। जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी, मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो। यी दुवै अवस्थामा साथ दिने सहयात्रीको अभाव समय क्रममा खट्किँदै आयो।

बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो। यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलजीसँग मेरो चिनजान हुन पुग्यो। बिस्तारै हाम्रो घनिष्ठता बढ्न थाल्यो। एकै खालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ। एक–अर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा ग¥यौं। अगाडि आइपर्ने सुख–दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौँ। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरूको सुझाव र सहमतिले पनि ठूलो मद्दत ग-यो।’

फेसबुक पोस्टमार्पmत मनोजको आग्रह छ– ‘सम्पूर्ण मिडियाकर्मीलाई सादर अनुरोध छ– ‘कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखी दिनुहोला। मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला। हाम्रा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाइदिनुहोला। कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नु हुन पनि अनुरोध गर्दछु।

त्यसैगरी, हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यावहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरा पनि जोडदार रूपमा जाहेर गर्दछु। विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनुपरेको छ। त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटकलगायत सञ्जालका प्रयोगकर्ताहरूलाई पनि भद्र सुझाव छ– ‘कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला। सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आप्mना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महशुस गर्नुहोला।’

उनले जानकारी गराएका छन्– ‘हामीले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन ग-यौं। त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न ग-यौँ। अनि, स–परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर-खाएर विवाह सम्पन्न गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्