मुगु दुर्घटनाका १४ घाइतेलाई उपचारका लागि हेलिकाेप्टरबाट नेपालगञ्ज पुर्‍याइयाे


 

न्युज अफ नेपाल, काठमाडौं ।

मुगुमा बस दुर्घटना हुँदा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।