पामका चार जुडो खेलाडी छनोट


नेपाल समाचारपत्र, काठमाडौं ।

एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष-महिला गरी ४ खेलाडी छनोट भएका हुन् ।

नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाए अनुसार चारै जना खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन् । च्याम्पियनसिप आउँदो डिसेम्बर २ देखि ५ तारिखसम्म लेबनानमा आयोजना हुने पनि बज्राचार्यले बताए ।