न्यज अफ नेपाल, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन अपील गरेका छन् ।
दसैं, तिहार, नेपाल संवत्, छठलगायतका पर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना महामारीका कारण अझै सहजरूपमा चाड मनाउने अवस्था नभएकोले सुरक्षा सतर्कता मनाउन आग्रह गरे ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ(आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन्’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।











प्रतिक्रिया