विदेशमन्त्री जयशंकर किर्गिज गणतन्त्र, कजाकिस्तान र आर्मेनियाको भ्रमणमा



इन्डिया न्युज नेटवर्क ।

अक्टोबर महिनाको १० तारिख देखि विदेश मन्त्री एस जयशंकर किर्गिज गणराज्य, कजाकिस्तान र आर्मेनिया को औपचारिक भ्रमण शुरु गरेकाछन् । यस भ्रमणले यी तीनै देशसँग भारतको स्थापित सम्बन्ध को समीक्षा गर्ने र क्षेत्रीय विकासमा विचार साझा गर्ने अवसर प्रदान गर्नेछ ।

शनिबार विदेश मन्त्रालयले जानकारी दिएको थियो “ विस्तारित छिमेकी देशहरुसंग भारतको बढ्दो संलग्नताको एक निरन्तरता स्वरुप यो भ्रमण हुन लागेको हो।“यी देशमा विदेश मन्त्रीको रूपमा जयशंकरको यो पहिलो भ्रमण हो । अक्टोबर महिनाको १० देखि ११ तारिख सम्म उनले किर्गिस्तानका विदेशमन्त्रीसँग भेटघाट गर्नेछन् र किर्गिज गणतन्त्रका राष्ट्रपतिसँग भेटेर द्विपक्षीय बैठक गर्ने छन्। भ्रमणका क्रममा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
विदेश मन्त्रालयका अनुसार जयशंकर अक्टोबर महिनाको ११ र १२ तारिख मा उनले कजाकिस्तानमा नूर–सुल्तानमा अन्तरक्रिया र विश्वास निर्माण उपायहरुको सम्मेलन (सीआईसीए) को ६ औं मन्त्रीस्तरीय बैठकमा भाग लिने छन्।

कजाकिस्तान सीआईसीए मञ्चका वर्तमान अध्यक्ष र आरम्भकर्ता हो। विदेश मन्त्री जयशंकरले कजाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र कजाक नेतृत्वसँग भेट गर्ने अपेक्षा पनि गरिएको छ । यसैगरी अक्टोबर महिनाको १२ र १३ तारिखमा उनले आर्मेनियाको भ्रमण गर्ने छन्।

स्वतन्त्र आर्मेनियामा पनि भारतीय विदेश मन्त्रीको यो पहिलो भ्रमण हुनेछ । यस क्रममा उनले आफ्ना आर्मेनियाली समकक्षीसँग भेटवार्ता गर्नेछन् । साथै उनले प्रधानमन्त्री र आर्मेनियाको राष्ट्रिय सभाका अध्यक्षलाई भेट्ने छन्।

प्रतिक्रिया दिनुहोस्