विद्रोहीको आक्रमणबाट ५ भारतीय सैनिकको मृत्यु


एजेन्सी ।

जम्मु-कश्मीरमा विद्रोही समूहको आक्रमणमा ५ जना भारतीय सैनिकको ज्यान गएको छ ।

जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।

पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका परिवारलाई ५० लाख रुपैयाँ र दुवै परिवारका एक-एक जनालाई सरकारी जागिर दिने घोषणा गर्नुभएको छ ।

गएको हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले पुन्छमा कारबाही अभियानलाई तीव्र पारेको थियो । मुठभेड पछि पनि अप्रेसन चलिरहेको भारतीय सेनाले जनाएको छ ।