घान्द्रुक जिप दुर्घटनामा ८ को मृत्यु

882
Shares

टंक अधिकारी, पोखरा ।

पर्यटकीय गाउँ घान्द्रुकमा सोमबार दिउँसो साढे १ बजे जिप दुर्घटना हुँदा चालक खुसीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । कास्कीको घान्द्रुक खण्डमा जिप दुर्घटनामा परी मृत्यु भएकाको ८ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा अन्नपूर्ण–५ नयाँ पुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही स्थानकी २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेका छन् ।

दुर्घटनामा गोङ्गबुकै वर्ष २० की देवीका घिसिङ घाइते भएकी छिन् । भिरमा अड्किएकी उनको बायाँ हात र नाकमा चोट लागेको छ । प्राप्त जानकारीअनुसार पोखरास्थित हरि चोकबाट छुटेको ग१ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित ९ जना यात्रु सवार थिए । तीमध्ये एक जनाको जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ ।