मुलुकलाई निरक्षरताको कलंक मेटाउने उद्देश्य छ: प्रधानमन्त्री देउवा


पोखरा ।

प्रधानमन्त्री शेर बहादुर देउवाले देशलाई साक्षरता बनाउने चाहाना भएको बताउनु भएको छ । गण्डकी प्रदेशलाई साक्षरता प्रदेश घोषणा गर्दै उहाँले समग्र देशलाई नै निरक्षरताको कंलकबाट हटाउने उद्देश्य रहेको बताउनुभयो ।

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री देउवाले आइतबार पोखरामा एक समारोहका बिच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ । स्तम्भको अनावरण गर्दै प्रधानमन्त्री देउवाले साक्षरता घोषणा गर्नुभएको हो ।सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सरकारसहित सबैलाई बधाई ज्ञापन गर्नुभयो । गण्डकीको यो कदमले अरू प्रदेश सरकार, नेतृत्वदायी वर्गलाई पनि प्रेरणा दिने बताउनुभयो ।

‘शिक्षामा थप कार्यक्रम ल्याउन, थप बजेटको व्यवस्था गर्न सकियोस, सबैलाई साक्षरता बनाउन सकियोस, सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलंक मेटाउने सरकारको उद्देश्य रहेको छ’ उहाँले भन्नुभयो ।कोभिड–१९ नियन्त्रण कम हुँदै जानु पनि एउटा महत्त्वपूर्ण उपलब्धि रहेको उहाँको भनाइ रहेको छ ।

प्रधानमन्त्री देउवाले भन्नुभयो,‘नेपालमा कोभिडको महामारीअझै पनि नियन्त्रण भइसकेको छैन । तैपनि, अन्तर्राष्ट्रिय जगत, विश्व स्वास्थ्य संगठनले धन्यवाद दिएको छ । बेलायतले पनि नेपालले कोभिडमा धेरै नियन्त्रण गरेको हुनाले भिषा दिने निर्णय गरेको छ । यसले पनि कोभिड नियन्त्रणको दिशामा अगाडि बढेको छ, यो महत्वपूर्ण कुरा हो । प्रदेश साक्षर पनि महत्वपूर्ण कुरा हो ।’

उहाँले अहिले संसद्मा रहेका सबै दल प्रजातन्त्रका लागि लडेर आएका साथै प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताउनुभयो । ‘नेपालमा अहिले धेरै कुरा अगाडि बढेका छन । सबैले जनताको नाम लिन्छन । जनता यो हो, जनता ऊ हो भन्छन । प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो ।

जनताले भोटमा देखाइ हाल्छन नि १ कसैले प्रजातन्त्रको खिलाफमा कुनै सपना नदेखे हुन्छ । हामी प्रजातन्त्रको लागि लडेका हौँ । संसद्मा रहेका सबै पार्टी प्रजातन्त्रको लागि लडेका हुन ।’यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह १५९६० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६।५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।