लुम्बिनीमा जम्वो मन्त्री मण्डल विस्तार


यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिव २ महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिर्नु भएको हो । केसीले जम्बो १७ सदस्यीय मन्त्रीमण्डल बनाउनु भएको छ ।

संघ र प्रदेशमा गठबन्धनका दलहरुविच भागबन्डा मिलेपछि आईतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्री सहित १० जनाले सपथ लिर्नु भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराउनु भएको हो ।कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाई बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री हुनु भएको छ ।

यस्तै काँग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिर्नु भएको छ । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुनु भएको हो । यसैगरि माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री हुनु भएको छ ।

माओवादीबाट दाङकी विमलाकुमारी वलि खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनु भएको छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनु भएको छ ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिमण्डल बृद्धि भई १७ सदस्यीय मन्त्रीमण्डल बनेको हो । लुम्बिनी ७ वटै प्रदेशमा सबैभन्दा जम्बो मन्त्रिमण्डल बनाउनेमा पहिलो भएको छ ।