स्याङ्जाको वालिङमा जीप दुर्घटना २ को मृत्यु, १७ घाईते


अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा दुर्घटनमा परेको हो ।

दुर्घटनमा परी गल्याङ ९ का ३२ बर्षीय गंगी पल्ली र सोही ठाँउका ७७ बर्षका दल बहादुर पल्लीको घटनास्थलमा नै ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परी १७ जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाईतेहरुको एकिन बिबरण आउन बाँकी रहेको छ ।जीप उकालोमा ब्रेक फेल भएर झण्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ । जीपमा १९ जना सवार रहेको प्रत्यक्षदर्शीको भनाई छ ।