दिलकुमार बाराहीलाई ११ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय अवार्ड

7.5k
Shares

न्युज अफ नेपाल,ललितपुर ।

रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहनुभएका दिलकुमार बाराहीलाई यस वर्षको अमूर्त सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । कोरियाको झेन्जु नगरले अमूर्त संस्कृति सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई वर्षेनी सो पुरस्कार दिँदै आएको छ । नेपालीले सो पुरस्कार पाएको यो नै पहिलो पटक हो ।

कोरियाको झेन्जु सहरमा बिहीबार भएको एक समारोहकाबीच उहाँलाई ‘झेन्जु अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो । सो वर्ष भौतिक उपस्थिति मा नै प्रदान गर्ने तय गरिए पनि कोरोनाको सङ्क्रमणका कारण अनलाइन मार्फत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारका नगद राशी १० हजार डलर धनराशी (नेपाली रुपैयाँ  ११ लाख भन्दा बढी) रहेको छ ।

बाराही रातो मच्छिन्द्रनाथ रथको काठको संरचना बनाउने बाराही नाईके हुनुहुन्छ । सो पुरस्कार  ताजिकिस्तानका डा। सिरिन्बेक दाभ्लाटमामाडोभ र इटलीया एल फेल्जलाई पनि प्रदान गरिएको थियो । बाराही नाईकेलाई सो  पुरस्कार दिन डा। मोनालिसा महर्जनले विशेष पहल गर्नुभएको थियो ।

नेपालको सम्पदा विषयमा विद्यावारिधि गर्नुभएका महर्जनले सो पुरस्कारको लागि बाराही काम सम्बन्धी विवरणहरु कोरियाको सम्बन्धित संस्था समक्ष पठाउनुभएको थियो । सो पुरस्कारका कारण संस्कृति र सम्पदा क्षेत्रमा काम गर्ने मानिसहरुलाई विशेष प्रोत्साहन मिल्ने पनि डा। महर्जनको भनाई रहेको छ ।