धादिङ ।
रसुवा बाट काठमाण्डौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका ७ ,नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।
बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका वडा नं ७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक जागेश्रवर भण्डारीले बताउनुभयो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घना पछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।
प्रतिक्रिया