कांग्रेस नेता र भारतीय विदेशमन्त्रीबीच भेटर्वाता, तुइन घटनाबारे छलफल


न्युज अफ नेपाल, काठमाडौं ।

भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेताहरुले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग भेट गरेका छन्। भेटमा उनीहरुले नेपाल र भारतबीचको सीमा समस्यासँगै दार्चुलामा भएको तुइन घटनाबारेसमेत छलफल भएको जनाएका छन्।

नेपाली कांग्रेसको टोलीको नेतृत्व गरेर गएका पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले भेटमा सीमा समस्या र महाकालीको तुइन घटनासँगै भारतले आपूर्ति गर्ने कोभिड भ्याक्सिनबारेसमेत छलफल गरेको बताए। शुक्रबार भएको भेटमा कांग्रेस नेताहरु उदयशमशशेर जबरा र अजय चौरसियासमेत सामेल थिए।