विश्वकप छनोटमा जर्मनीको शानदार जित


न्युज अफ नोपल, काठमाडौं ।

फिफा विश्वकप छनोटमा जर्मनी विजयी भएको छ । युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोलले हराएको हो ।

जर्मनीको जितमा सर्ज जिनाब्री र थोमस मुलरले गोल गरे । इअनिस हागीले रोमानियाका लागि एक गोल गरे ।जितसँगै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको जर्मनीले ७ खेलमा १८ अंक जोडेको छ । रोमानिया १० अंकसहित चौथो स्थानमा छ ।