नौबिसेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

1.2k
Shares

सिताराम अधिकारी, धादिङ ।

रसुवाबाट काठमाण्डौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका ७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका वडा नं ७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भउको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक जागेश्ववर भण्डारीले बताउनुभयो ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।