फिलिपिन्सका उप-राष्ट्रपति आगामी निर्वाचनमा राष्ट्रपतिमा उठ्ने


एजेन्सी ।

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् ।यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९ को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछि उमेद्वारी घोषणा गरेकी हुन् ।

रोब्रेडोले यसअघि भनेकी थिइन् ‘म चुनाव लड्ने निर्णय गर्न सक्छु यदि पूर्व सिनेटर फर्डिनान्ड बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार बनेको अवस्थामा ।’मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतले पराजित गरेकी थिइन् । बुधबार बोङबोङले राष्ट्रपतिको उमेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनीविरुद्ध चुनाब लड्ने घोषणा गरेकी छिन् ।