नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत फेला


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा फेला परेका छन् । । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ थप अनुसन्धान भइरहेकाे जानकारी दिए  ।

प्रहरीले चतुर्वेदी मानसिक राेगी भएकाे दाबी गरेको छ । प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।