दशैंलाईलक्षित गर्दै नेपाली सेनाद्वारा निशुल्क यातायात


काठमाडौं ।

यस बर्ष बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा-सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गरेको छ ।

सेनाले उद्देश्यका साथ २०७८-६-१८ गतेबाट २०७८-६-३० गतेसम्म नेपाली सेनाद्वारा जमिनी एवं हवाई मुभ सञ्‍चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ-आफ्नो गन्तव्य स्थालसम्म पुर्‍याउने कार्य भईरहेको जानकारी गराएकाे छ ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म जमिनी मुभबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवारहरु लाभान्वित भएका छन् भने हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली पश्चात सकल दर्जालाई गर्नु भएको पहिलो सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्दै आईरहेको कल्याणकारी सेवा-सुविधाहरु अन्तर्गत सञ्‍चालन गरिएको हो ।साथै, उपरोक्त जमिनी मुभ योजना परिशिष्ट कू तथा हवाई उडान योजना परिशिष्ट खू यसैसाथ संलग्न गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।