भरिएको कुलेखानीमा डुबे ५ होटल


हेटौंडा ।

मुलुककै ‘पावर ब्याकअप’ का रुपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउ“पालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएको पीडामा स्थानीय होटल व्यवसायी परेका छन् ।

करिब ३ सय मिटर चौंडा र ७ किलोमिटर लम्बाईको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१, मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन् । लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन् ।स्थानीय व्यवसायीका अनुसार बा“सबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अब ती होटलहरु पुनर्संचालनमा आउन तिहारसम्म कुर्नुपर्नेछ । किनकि, तिहारताका मात्र इन्द्रसरोवरमा पानीको सतह घट्ने अनुमान छ ।

नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थापित ती होटलहरुले सरोवर भरिएपछि हुनसक्ने दुर्घटनाको आशंकामा केही दिनअघि नै सामानहरु माथिल्लो क्षेत्रमा स्थानान्तरण गरेका थिए । ‘२०७२ को भुकम्पपछि पहिलोपटक यस्तो अवस्था आयो,’ श्रेष्ठले भन्नुभयो–भर्खर पूर्णरुपमा सञ्चालनमा आउने तयारीमा रहेको सामूहिक रिसोर्टका बारहरु भत्केका छन् भने फलामे ट्रष्टबाट निर्मित अन्य होटलहरुमा पनि भौतिक क्षति भएका छन् ।ती होटलहरु गाउ“पालिका कार्यालयमा दर्ता भएर कर तिर्दै आएका छन् । उक्त क्षेत्रमा २४ वटा होटल र १० वटा खाजाघर सञ्चालनमा छन् । कुलेखानीको जलाशय भरिएर टनाटन भएको छ । जलविद्युत् आयोजनाको जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गर्न सकिन्छ । आइतबारदेखि पानीको सतह बढेर आएको छालका कारण पानी स्पिल भएको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख धीरेन्द्र चौधरीले जलाधार क्षेत्रमा ठूलो पानी परेर जलाशय भरिएकाले सतर्क रहन जानकारी गराइएको बताउनुभयो । जलाशय भरिएपछि पानी स्पिल भएर कुलेखानी नदी हु“दै बागमती नदीमा मिसिन्छ । जसका कारण कुलेखानी जलविद्युत् आयोजनाले सतर्क रहन स्थानीयलाई आग्रह गरेको हो । जलाशयको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

कुलेखानी जलाशय भरिन थाहा नगरबाट बगेर आउने ठाडोखोला, चित्लाङ खोला, फाखेलको महालक्ष्मीलगायत जलाधार क्षेत्रका खोलानालाले सहयोग गर्दै आएका छन् । भारिवर्षाले कुलेखानीको माथिल्लो क्षेत्रका खोलामा बाढी आउनुका साथै पानीको बहाव तीव्र भएकाले कुलेखानीमा पानी जम्मा हुने क्रम तीव्र भएको हो । माथिको मूल नफुटी कुलेखानी भरि“दैन । हालैको पानीले मुल फुटेपछि जलाशय भरिएको छ । कुलेखानी जलाशय भरि“दा मुलुकमा ‘अघोषित लोडसेडिङ’ हुने सम्भावना कम हुन्छ ।

जलाशयमा ड्याममाथि बालुवाका बोरा राखेर थप ५० सेन्टिमिटर पानी संकलन गर्न सकिने भए पनि यस वर्ष ड्याममा बोरा राखिएको छैन । २०७२ बैशाखको भुकम्पले ड्यामका केही भाग चिरा परेकाले नेपाल विद्युत् प्राधिकरण यस्तो निर्णयमा पुगेका हो । आयोजना हाल दैनिक करिब ५ घण्टामात्र सञ्चालनमा आउने गरेको छ । उक्त समयमा बढीमा ८÷९ सेन्टिमिटरसम्म पानी खपत हुन्छ ।

२०७२ को भुकम्पपछि कुलेखानी भरिएको थिएन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट् बिजुली उत्पादन हुने गरेको छ । मानवनिर्मित जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाका १, २ र ३ गरी कुल १ सय ६ मेगावाट् क्षमता छ ।