टुंगियो मन्त्रालयको बाँडफाँट, कुन मन्त्रालय कसलाई ?



न्युज अफ नेपाल, काठमाडौं ।

सत्तागठबन्धनबीच मन्त्रालयको संख्या र नाममा भागबण्डा टुंगिएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, कानुन मन्त्रालय लिइसकेको छ । अब उसले थप मन्त्रालय लिएर कुल ६ मन्त्री बनाउने छ । राज्यमन्त्री समेत थप्ने काँग्रेसको तयारी छ ।नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा पाइसकेको छ । अब उसले थप ३ मन्त्रालय पाउनेछ । माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५-५ मन्त्रालय पाउनेछन् । दुवै दलले एक एक राज्यमन्त्री पनि पाउनेछन् ।

कांग्रेसले गृह, परराष्ट्र र कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , सञ्चार तथा सुचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसले लिएकाे छ।

माओवादी केन्द्रले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाएको छ ।

त्यस्तै एसले उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम रोजगार तथा सामजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाएको छ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ।

प्रतिक्रिया दिनुहोस्