एमालेकाे नारावाजीले संसद बैठक स्थगित, २२ गते अर्को बैठक


न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ ।

संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

तर एमाले सांसदले सभामुखले भूमिका निष्पक्ष नभएको भन्दै नारावाजी नरोकेपछि विरोधकाबीच कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गरेका छन्।

एमालेको विरोध कायमै रहेपछि सभामुखले शुक्रवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।