प्रधानन्‍‍यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । ‘फुट कोर्ट’ भनिने यो बैठकमा सर्वोच्चका सबै न्यायाधीशहरुको  सहभागी हुनेछन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक दिउँसो १ बजेपछि बस्नेछ । दसैं बिदाको समयमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिए ।