श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । मंगलबार बिहान काठमाडौंबाट नेपालगन्ज जानका लागि पार्किङमा यात्रु राखेर रनवेमा जाने क्रममा श्रीको ९ एन एएनएफ जहाज चिप्लिएको हो ।

रनवेमा चिप्लिएको जहाज धावनमार्गबाट घाँसतिर गएको छ । जहाज धावन मार्गमा नभएको कारण बिमानस्थलमा उडान भने सुचारु अवस्थामा रहेको छ ।

सो बिमान पार्किङबाट रनवेमा जाने क्रममा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ । चिप्लिएर घासे मैदानमा गएको जहाजबाट सबै यात्रुलाई निकालिसकेकाे छ ।