बंगलादेशको नोआखलीमा गान्धी संग्रहालयको उद्घाटन



इन्डिया न्युज नेटवर्क ।

अन्तर्राष्ट्रिय अहिंसा दिवस र महात्मा गान्धीको १ सय ५२ औं जन्मजयन्तीको उपलक्ष्यमा बंगलादेशको नोआखलीमा शनिबार जीर्णोद्धार गरिएको गान्धी स्मारक संग्रहालयको उद्घाटन गरिएको छ ।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, कानुन मन्त्री अनिसुल हक र बंगलादेशस्थित भारतीय उच्चायुक्त विक्रम डोराइस्वामीले संयुक्त रूपमा यस संग्राहलयको उद्घाटन गरेका थिए ।गान्धी आश्रम परिसरस्थित अद्वितीय संग्रहालयको जीर्णोद्धारका लागि भारतले सहयोग गरेको थियो ।

गान्धी संग्रहालयको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू सामेल भएका थिए । यस संग्राहलयमा महात्मा गान्धीसँग सम्बन्धित यादगार कलाकृतिहरूको अद्वितीय प्रदर्शन गरिएको छ ।

यस अवसरमा ‘अहिंसा, सत्याग्रह र महात्मा – पुनर्जीवन’ मा एक बैठक को आयोजना गरिएको थियो । यस अवसरमा बोल्दै उच्चायुक्त विक्रम डोराइस्वामीले गान्धीजीको जीवन र उनको सन्देश आज पनि सान्दर्भिक भएको बताएका छन् ।

सन् २०१९ मा महात्मा गान्धीको १ सय ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित संयुक्त राष्ट्र संघको कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले महात्मा गान्धीका बारे भाषण दिएकी थिइन् जसका बारे डोराइस्वामीले उल्लेख गरेका छन् ।

गान्धीको आम जनताप्रतिको प्रेम र अहिंसाको आदर्शले बंगबन्धुको दर्शनलाई आकार दिएको र त्यसै दर्शनको मद्दतले उनले तत्कालीन शासनले गरेको दमन र अत्याचारविरुद्ध संघर्षको सुरूआत गरेको शेख हसिनाले बताएकी थिइन् ।मुजीब बिर्सिको उपलक्ष्यमा बंगलादेशमा बंगबन्धु–बापु डिजिटल प्रदर्शनी गरिएकोमा उनले खुशी व्यक्त गरेका छन् ।

सन् २०२१ अक्टोबर महिनाको ११ तारिखमा बंगबन्धु–बापु डिजिटल प्रदर्शनीको अवलोकन गर्न उनले सम्पूर्ण दर्शकहरूलाई आमन्त्रित गरेका छन् । पछि यो प्रदर्शनी चटोग्राम, सिलहट, खुल्ना र राजशाहीमा सारिनेछन् ।

प्रदर्शनी एक विशिष्ट विषयगत तरीकामा मनाइने र दुई राष्ट्र पिता महात्मा गान्धी र बंगबन्धु शेख मुजीबुर रहमानका जीवन र विरासतबारे विस्तृत विवरण प्रदान गरिने उनले जानकारी दिएका छन् ।

बंगबन्धु शेख मुजीबुर रहमानमा महात्माको प्रभावको सम्झना गर्दै, बंगलादेशका विदेश मन्त्री मोमेनले गान्धीको सत्य, अहिंसा र साम्प्रदायिक सद्भावको सिद्धान्त र उनको गहिरो पर्यावरणीय चिन्ताबारे प्रकाश पारेका छन् ।यस अवसरमा स्पन्दन सांस्कृतिक केन्द्रले रवीन्द्रनाथ टैगोरको चन्डलिकामा आधारित एक नृत्य कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व सांस्कृतिक मामिला मन्त्री सुगन्ध दत्ता, सांसद, ओमो पौटाइनेन, संयुक्त राष्ट्र संघका अन्तरिम आवासीय संयोजक र आईएलओका राष्ट्र निर्देशक साथै यूएनडीपीका आवासीय प्रतिनिधि सुदिप्तो मुखर्जीको उपस्थिति रहेको थियो ।

गान्धी आश्रम ट्रस्टका अध्यक्ष न्यायाधीश सौमेन्द्र सरकारको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गान्धी आश्रम ट्रस्टका अधिवक्ता मिसबाह उद्दिन सिराज पनि उपस्थित थिए ।

सन् १९४६ देखि ४७ सम्म महात्मा गान्धीले नोआखलीका सयौं गाउँको भ्रमण गरेका थिए । उनले त्यहाँ चार महिनासम्म शिविर राखेका थिए र शान्ति र साम्प्रदायिक सद्भाव बहाल गर्ने अभियानमा जिल्लाको भ्रमण गरेका थिए ।

सन् १९४६ मा ग्रामीण विकास, शान्ति र सामाजिक सद्भावप्रति गान्धीवादी दर्शनको प्रचार गर्न नोआखलीमा गान्धी आश्रम ट्रस्टको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्