भारतीय नागरिकले खुकुरी प्रहार गर्दा रुपन्देहीमा छोराको मृत्यु, बाबु घाइते


यमलाल भुसाल, बुटवल ।

मदीरा सेवन गरि एउटै उद्योगमा काम गर्ने भारतीय नागरिकले खुकुरी प्रहार गर्दा छोराको मृत्यु, भएको छ भनेबाबु घाइते भएका छन ।
आइतबार राति जिल्लाको शुद्धोधन–३, बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाका बताउनु भयो ।

मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा भएको खटपटले खुकुरी प्रहार भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।