कुनै पनि बहानामा अधिवेशन विथोल्ने कार्य नगरौं : राप्रपा सह-अध्यक्ष जोशी


पाँचथर ।

समझादारी र एकताका लागि ढाँट र छल होइन, विधिको सर्वोच्चता सम्मान गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका सह–अध्यक्ष राज कुमार जोशीले बताएका छन् ।

‘पार्टीमा सहमति, समझदारी र एकताको वातावरण कायम रहोस् भन्ने हाम्रो चाहना हो । त्यसैले ढाँट र छल होइन, सम्वाद र सहकार्यबाट सही प्रक्रिया अवलम्बन गरौं,’ एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीले सोमबार भने ।

अध्यक्ष जगत थापा मगर लगायतलाई जिल्ला निर्वाचन समिति गठन नगरी अवैध अधिवेशन नगर्न पटक–पटक सचेत गराउँदा बेवास्था गरेको जोशीको भनाइ छ । आफ्नो पक्षलाई निर्वाचन समितिको संयोजक दिने दुई पक्षीय सहमति कार्यान्यवन गरेर, अविलम्ब अधिवेशन सम्पन्न गर्न उनले आह्वान समेत गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले शनिबार निर्देशन जारी गरेको सन्दर्भमा सह–अध्यक्ष जोशीले भने, ‘विधिको जित भएको छ, सत्यको जित भएको छ । हाम्रो अपिलको सुनुवाई भएको छ ।’ राप्रपा केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिमा, केन्द्रीय निर्वाचन समितिले अख्तियारी प्रदान गरेको जिल्ला निर्वाचन समितिले विधि र प्रक्रिया पुर्याएर सम्पन्न गरेको निर्वाचन बाहेक अन्य कुनै निकायले सम्पन्न गरेको निर्वाचन मान्य नहुने व्यहोरा जानकारी गराइएको छ ।

‘अवैधानिक काम नगर्नुहोस्, एकताको वातावरण नबिगार्नुहोस् भनेर राप्रपा पाँचथर अध्यक्ष जगत थापा मगर लगायत साथीहरूलाई हामीले बारम्बार भन्यौं । एक्लौटी वैठक, एक पक्षीय निर्णय, विधिवत बाटो होइन, निकास होइन भन्यौं । जिल्लामा निर्वाचन समिति नै नबनी राजनीतिक तहबाट हुने, गरिने निर्वाचन कार्यक्रमले मान्यता पाउँदैन भन्यौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘एक्लौटी निर्णय, किर्ते हस्ताक्षरबाट अघि बढाइएको अवैध निर्वाचन रोकी पाउँ भनेर पार्टी केन्द्रमा निवेदन ग¥यौं । अवैध अधिवेशन कार्यक्रम सच्याउन कार्यकतामाझ कार्यक्रम संचालन ग¥यौं ।’कार्यकर्ताको माग बमोजिम राजनीतिक सँस्कार भएका चरित्रवान, सक्षम र जिम्मेवार प्रतिनिधिहरूलाई निर्वाचित गर्नु पर्ने उनको भनाइ छ ।‘कुनै पनि बहानामा अधिवेशन विथोल्ने कार्य नगरौं,’ जोशीले भने । ‘हतास नबनौं, पार्टीमा सबैलाई सम्मानित स्थान प्राप्त हुने नै छ ।