पूर्व गृहमन्त्री खड्काको सशस्त्र प्रहरी अस्पतालमा उपचार हुँदै


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काकाे नेपाल एपीएफ (सशस्त्र प्रहरी)अस्पतालमा उपचार भईरहेको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार नेपाल एपीएफ अस्पतालमा  भर्ना गरिएको हो ।

नेपाल एपीएफ अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री खड्का अक्सिजनको मात्रा सामान्य भए पनि नाडीको गति पल्स घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना भएका हुन ।

मंगलबार दिउँसो २ बजे आएको खड्काको रिपोर्टमा रक्तचाप १२०/८३, अक्सिजन लेभल ९८/९७र९६, ज्वरो ९८ डिग्री, मुटुको अवस्था सामान्य रहेको उल्लेख छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।