वसन्त चौधरीको मुटुको शल्यक्रिया सफल


काठमाडौँ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ। परिवारसँग छुट्टी मनाउन दुबई पुग्दा हृदयघात भएका उनको मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया भएको नर्भिक अस्पतालले जनाएको छ।

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए। अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरेको थियो।शल्यक्रियापछि हाल उनी पोस्ट अपरेटिङ केयरमा रहेको प्रवक्ता बास्तोलाले बताए। उनका अनुसार अस्पतालले अबको २ दिनपछि चौधरीलाई डिस्चार्ज गर्ने तयारी गरेको जनाएको छ।

परिवारसँग छुट्टी मनाउन दुबई पुगेका ३ दिनपछि असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई चौधरी अस्पताल भर्ना भएका थिए। सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको नर्भिक अस्पतालले जनाएको छ। सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो।