माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए । सरकार गठन भएको अढाइ महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।