बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश खत्री निर्वाचित

बागमती टिपर व्यवसायी संघ काभ्रेको दशौ बार्षिक साधारण सभा


मोतीराम तिमल्सिना, काभ्रे । 

बागमती टिपर व्यवसायी संघ काभ्रेको दशौ बार्षिक साधारण सभा बनेपामा सम्पन्न भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साधारण सभाबाट निर्विरोध सुरेश खत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

सभाले वरिष्ठ उपाध्यक्षमा नविन बैद्य, उपाध्यक्ष नरेन्द्र बादे र ठाकुर गौतम निर्वाचित भएका छन् । समितिमा सचिव राजेश खत्री, सह सचिव राजनप्रसाद पौड्याल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ, सह कोषाध्यक्षमा निर्मल श्रेष्ठ निर्वाचित हुनु भएको छ । सदस्यहरुमा बद्रि पुर्काेटी, पूर्णबहादुर श्रेष्ठ, सुन्जित तामाङ, जुलियस खड्का, टिकाप्रसाद हुमागाई, सुर्दशन खत्री रहेका छन् । सभामा प्रमुख निर्वाचन अधिकृत सुरकृष्ण बैद्य, निर्वाचन अधिकृत प्राणनाथ न्यौपाने र सदस्यहरुमा राजेशकुमार श्रेष्ठ र शुभराज जोशीले निर्वाचितहरुलाई सपथ गराएका थिए ।

उद्घाटन सभामा बोल्दै प्रमुख अतिथी योगेन्द्रनाथ कर्माचार्यले देशभरका यातायात व्यवसायीहरुको समस्या समाधानका लागि सरकार गमिम्भर हुनु पर्ने बताउनु भयो । लामो समय देखि प्रेट्रोलियम पदार्थको मुल्य बृद्धी भए पनि भाडा बृद्धी नभएकाले तत्काल भाडा बृद्धीका बारेमा छलफल भएको बताउनु भयो । अध्यक्ष प्रेम लामाको अध्यक्षतामा भएको सभामा बरिष्ठ उपाध्यक्ष सुरेश खत्रीले टिपर ब्यवसायीहरुले भोग्नु परेका समस्याका बारेमा बताउनु भएको थियो । संघले सदस्यहरुको हितमा काम गर्ने गरी आगामी वर्षका योजना बनाउन सबै व्यवसायीहरुको सकारात्मक सहयोग आवश्यक रहेको अध्यक्ष प्रेम लामाले बताउनु भयो ।

कार्यक्रममा नेपाल हेभि इक्विमेन्ट व्यवसायी संघका अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं प्रमुख निर्वाचन अधिकृत सुरकृष्ण बैद्य, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठ, महासचिव सरोज सिटौला, पुर्व अरनिको यातायात प्रालीका अध्यक्ष चित्रबहादुर कुँवर, सिन्धु हेलम्बु यातायात प्रालीका निर्देशक राजेश श्रेष्ठ, काभ्रे बस प्रालीका अध्यक्ष वर्ण शाक्य, काभ्रे पुण्यवती मिनिबस प्रालीका अध्यक्ष राजेशसुन्दर सैंजु, गणेश हिमाल तराई यातायात प्रालीका अध्यक्ष आत्मराम थापा लगायतले कोभिड १९ को महामारी तथा सरकारका नीति नियमले ब्यवसाय संकटमा परेको बताएका थिए ।

अध्यक्ष प्रेम लामाले सवारी दुर्घटना न्यूनिकरण गर्न चालक सह चालकहरुलाई प्रशिक्षण, मजदुर र व्यवसायीहरुलाई उपचार तथा अन्य खर्चको ब्यवस्थापन लगायतका कार्यहरु भएको बताउनु भयो । सचिव नरेन्द्रबादे श्रेष्ठले एक वर्षमा भएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । गाडी धनीहरुको १० लाखको दुर्घटना विमा, गाडी दुर्घटना भई ब्यक्तिको मृत्यु भई जनि दिन प्रहरी प्रशासनले नियन्त्रणमा लिएको अवधीमा दैनिक १ हजारका दरले गाडीको क्षतिपुर्ति दिन शुरु गरिएको सचिव श्रेष्ठले बताउनु भयो । आर्थिक वर्ष २०७६-२०७७ मा ८० वटा सवारी साधन दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख छ ।

कानुनमा सवारी दुर्घटनामा घाईते भएकाहरुको उपचारका लागि ३ लाख भन्दा धेरै खर्च भएमा सघको तर्फबाट ८० प्रतिशत ब्यहोर्दै आएको छ । संघले प्रदान गर्ने सेवा सुविधाका लागि अनिवार्य नविकरण र मासिक शुल्क बुझाएको हुनु पर्ने र मजदुरले पनि परिचयपत्र नविकरण गरेको हुनु पर्ने ब्यवस्था गरिएको छ । कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठले १ करोड ४४ लाख ३८ हजार ७ सय ८१ रुपैया आम्दानी गरी १ करोड २३ लाख ६५ हजार ७ सय ३२ रुपैया खर्च भएको बताउनु भयो ।