द्वन्द्व पीडितको सवालमा संघीय सरकार बढी जिम्मेवार हुनु पर्छ: मुख्यमन्त्री केसी


यमलाल भुसाल, बुटवल । 

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकार रक्षा र आम नागरिकलाई प्रत्याभूति गराउनको लागि सरकार निरन्तर लागि रहेको बताउँनु भयो ।

उहाँले नेपाल र नेपाली जनताको मानव अधिकारका लागि सरकार सधै तयार र गम्भिर रहेको बताउनुभयो । उहाँले सम्मान पूर्वक वाँच्न पाउने नागरिकको अधिकारलाई राज्यले सुनिश्चिता गर्न समेत निरन्तर लागेको बताउनुभयो ।राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरले विहिवार बुटवलमा आयोजना गरेको कार्यशाला गोष्ठीमा वोल्दै मुख्यमन्त्री केसीले लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले द्वन्द्व पीडितको सवालमा संघीय सरकार बढी जिम्मेवार हुनु पर्ने बताउनुभयो ।

उहाँले मानव अधिकारको क्षेत्रमा काम गर्ने आयोग लगायत अन्य निकायहरु पनि आपसी सहकार्य र सहमतिबाट अगाडि बढेर नेपालमा माधव अधिकार मैत्री देश बनाउनको लागि सरकारसंग विगतदेखि हातेमालो गरिरहेको स्मरण गराउँदै आगामी दिनमा पनि त्यसलाई अझै बढवा दिनुपर्ने बताउनुभयो ।उहाँले नागरिता सम्बन्धी अधिकार संघीय सरकारले नै बढी जिम्मेवार हुनुपर्ने बताउँदै संघ र स्थानीयतहरुलाई पुलको रुपमा जोड्ने कार्यमा निरन्तर लाग्दै प्रदेशलाई मानव अधिकार मैत्री बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिंगीय, धार्मिक, साँस्कृतिक विभेदका विरुद्ध लगायत सबै मानिसको जन्म शिद्ध अधिकारलाई प्रत्याभूति गराउन सरकार जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकार कानून, महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले विश्व व्यापी मानव अधिकार महासन्धी ९ वटा मध्ये ७ वटा महासन्धीमा नेपाल पक्ष राष्ट्र भइ सकेको बताउँदै नेपपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएको बताउनुभयो ।