लुम्बिनी प्रदेशसभाको बैठक फेरि एक साताका लागि स्थगित


यमलाल भुसाल, बुटवल ।

पटक पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक फेरि एकसाताका लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना जारी गरी जनाएको छ ।

प्रमुख प्रति पक्षीदल नेकपा एमाले संसदीयदलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनु पर्ने कारण देखाए पछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको अर्को बैठक यहीअसोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजयशाही र बिमला कुमारी खत्रीवलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै एमालेले प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखिनै बैठक अवरुद्ध गर्दै आएको छ ।यसले गर्दा प्रदेशको वजेट नै प्रभावितभएको छ ।