नेपाल भारत सीमा सुरक्षा बैठक नयांदिल्लीमा हुने


काठमाडौ ।

नेपाल भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयांदिल्लीमा हुने भएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नु हुने भएको छ । आगामी मंगलबारबाट हुने उक्त बैठकमा नेपाल भारत सीमा क्षेत्रमा देखिएको बिवादको बारेमा समेत छलफल हुने भएको छ ।

बैठकमा अन्तरदेशीय सीमामा हुने अपराध नियन्त्रण, सीमामा देखिएका समस्या लगायतका बिषयमा छलफल हुने भएको छ ।उक्त बैठकमा भारतको तर्फबाट भारतीय सशस्त्र सीमा बलका प्रमुख कुमार राजेश चन्द्रले नेतृत्व गर्नु हुने भएको छ ।

हरेक बर्ष आयोजना हुने उक्त बैठक गत बर्ष कोरोना संक्रमणका कारण रोकिएको थियो । यस अघि पनि उक्त बैठक भारतको राजधानी नयांदिल्लीमा भएको थियो ।