मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्।प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद विस्तारलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।

प्रचण्डको सचिवालयका अनुसार केहीबेरदेखि छलफल भएको हो। आजै माओवादीको स्थायी कमिटी बैठक पनि बस्दैछ। को(को मन्त्री बनाउने भन्नेबारे स्थायी कमिटीमा छलफल हुने स्रोतको भनाइ छ।