च्यासलको यू-क्यानसँग सम्झौता


नेपाल समाचारपत्र, काठमाडौं । 

ललितपुरको ‘ए’ डिभिजन टोली च्यासल युथ क्लबले अन्तर्राष्ट्रिय खेलकुद सामग्री उत्पादक कम्पनी यू–क्यानसँग किट प्रायोजक सम्झौता गरेको छ ।

मंगलबार भएको कार्यक्रममा यू–क्यानका सीटीएल कम्पनी प्रालिका निर्देशक राजेन महर्जन र च्यासलका अध्यक्ष रमेश व्यञ्जनकारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामग्रमी उपलब्ध गराउनेछ । यस्तै, च्यासल क्लबले सिजनभर यू–क्यान ब्रान्डका सामग्री प्रयोग गर्नेछ । यू–क्यान चीनको अन्तर्राष्ट्रिय कम्पनी हो । यो कम्पनी पछिल्लो ३० वर्षदेखि खेलकुद सामग्री उत्पादन गर्दै आएको छ ।

यस्तै, क्लबले प्राविधिक निर्देशक ली मान्सन र नेपाली फुटबलका पूर्वकप्तान विराज महर्जनलाई पनि अनुबन्ध ग¥यो । विराजले यसअघि संकटा क्लब, एनआरटी, मनाङ मस्र्याङदी क्लब, थ्री–स्टार क्लब र मच्छिन्द्र क्लबबाट समेत खेलिसकेका छन् । विराजको सहभागितामै मनाङ मस्र्याङदी, थ्री–स्टार र मच्छिन्द्र क्लबले उपाधि जितेका छन् । यसमध्ये ‘ए’ डिभिजन लिग उपाधि जित्दा विराज मनाङ र मच्छिन्द्रका कप्तानसमेत थिए ।