परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटको पेसी आज


न्युज अफ नेपाल, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट आज (बुधबार) पेसी तोकिएको छ ।

 कानुनी व्यवस्था बिना खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित  अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका हुन् । शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न-नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् ।

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका गएका छन् ।