भरतीय विदेशमन्त्री जयशंकरले मेक्सिको भ्रमण गर्दै



इन्डिया न्युज नेटवर्क । 

मेक्सिकोको २०० औं स्वतन्त्रता वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर मेक्सिको भ्रमणमा जाने भएका छन् । यस कार्यक्रममा अन्य मुलुकका नेता पनि सहभागी हुँदैछन् ।

सेप्टेम्बर महिनाको २६ देखि २८ तारिखसम्म हुने यो भ्रमणका लागि भारतीय विदेशमन्त्रीका मेक्सिकन समकक्षी मार्सेलो एब्रार्ड कासाउबनले उनलाई निमन्त्रणा दिएका थिए । विदेशमन्त्रीको रूपमा जयशंकरको यो पहिलो मेक्सिको भ्रमण हो ।आइतबार विदेश मन्त्रालय (एमईए) ले जानकारी दिएअनुसार जयशंकरले विदेशमन्त्री मार्सेलो एब्रार्डलगायत मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई पनि भेट्नेछन् ।

उनले मेक्सिकोका अग्रणी प्रमुख अधिकारी तथा व्यापार समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको छ । मेक्सिको हाल ल्याटिन अमेरिकामा भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।सन् २०२१–२२ अवधिका लागि भारतजस्तै मेक्सिको पनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को एक सदस्य राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्