ललितपुर महानगर सभापतिमा सुभानन रत्न धाख्वा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस ललितपुर महानगरको सभापतिमा सुभानन रत्न धाख्वा बिजयी हुनुभएको छ । सभापतिका लागि धाख्वा र अर्का उम्मेदवार गणेश भक्त श्रेष्ठबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सोमबार ललितपुरको जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुलदेवता परिसरमा ललितपुरमा कांग्रेसको पालिका अधिवेशन भएको थियो। धाख्वाले २८२ मत ल्याउनुभएको थियो भने श्रेष्ठले २२१ मत पाउनुभएको थियो । उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु बिजयी हुनुभएको छ । सो पदमाम नरेश महर्जन र राजीव जोशी पनि उम्मेदवार दिनुभएको थियो ।

सचिवमा राजु ताम्राकार र सुनिलकुमार थापा पशुपति निर्वाचित हुनुभर्एको छ भने सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन बिजयी हुनभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका तहको चुनाव भइरहेका छन्। कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्